निजगढ नगरपालिका ६ स्थित बागदेव दुग्ध उत्पादन सहकारी संस्थाले निजगढको शहिद चोकमा संचालनमा ल्याएको बिक्री केन्द्रको दुधजन्य पदार्थमा उपभोक्ताहरुको आकर्षण बढेको छ ।

पसल संचलनमा आएको एक महिना पनि नपुग्दै हाल दैनिक ६–७ हजारको हाराहारीमा खाद्य सामग्री बिक्री भइरहेको बिक्री केन्द्रका प्रमुख राजकुमार लामिछानेले बताए । उनले गर्मी बढदै गएकोले दही र महीको अधिक बिक्री हुने गरेको जानकारी दिए ।

सहकारीले संस्थाको २८औं वार्षिकोत्सवको अवसर पारेर आफ्नो उत्पादन बिक्री गर्ने उद्देश्यले गत वैशाख १० गते केन्द्र संचालनमा ल्याएको थियो ।

केन्द्रबाट गाई, भैसीको दुध, दही, पनिर, ध्यु, नौनी, खुवा, मोही लगायतका दुधजन्य सामग्री सुपथ मूल्यमा बिक्री गरिने बागदेव दुध उत्पादक सहकारी संस्थका अध्यक्ष थानेश्वर सापकोटाले जानकारी दिए । अगामी जेष्ठ महिनासम्मका लागि ५ प्रतिशत छुटमा सामग्रीहरु बिक्री भइरहेको अध्यक्ष सापकोटाको भनाई छ ।

बिक्री केन्द्रको प्रधानमन्त्री आधुनिकीकरण परियोजना बाराका प्रमुख प्रदीप ठाकुरले उद्धाटन गरेका थिए ।

देशकै अग्रणी दुध उत्पादक सहकारीको रुपमा रहेको बागदेव डेरीले आफ्नो उद्योगमार्फत दैनिक ५ सयदेखि १ हजार लिटर दुधबाट विभिन्न खाद्य सामग्रीको उत्पादन गर्दैआएको छ । करिव २ हजार ५ सय पशुपालक किसान आवद्ध सो सहकारीले निजगढका विभिन्न १४ वटा संकलन केन्द्रमार्फत दैनिक १५ हजार लिटर दुध संकलन गदैआएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय