निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) थुनामुक्त भएका छन । बारा जिल्ला अदालतले सोमबार गरेको फैसला आदेशमा दोशी देखिएका श्रेष्ठ सजाय र जरिवाना बुझाएर रिहा भएका हुन् ।

जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको मुद्दामा जिल्ला न्यायाधीश जगन्नाथ पौडेलको इजलाशले आंशिक अभियोग दाबी पुग्ने भन्दै मुद्दालाई बालयोन दुर्व्यवहारमा परिर्वतन गर्दै फैसला सुनाएका हुन । अदालतले श्रेष्ठलाई बालयोन दुर्व्यवहारमा दोशी ठहर गर्दै १ वर्ष कैद र १० हजार जरिवाना तथा पडित राहत कोषमा ४ सय बुझाउने फैसला भएको थियो ।

तर श्रेष्ठलाई २०७९ पुष १७ गते प्रहरीले पक्राउ गरेको र २०७९ माघ १० गते जिल्ला न्यायाधीश तारादेवी महर्जनले श्रेष्ठलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश गरेको गरि १ वर्ष ३ महिना १५ दिन कैद भुक्तान भईसकेको हुदाँ श्रेष्ठलाई ठहर गरेको १ वर्ष कैद भईसकेको तथा सजाय भन्दा तिन महिना वढी कारागारमा रहेको हुदाँ १० हजार समेत मिनाहा भएको र श्रष्ठले फैसला बमोजिम पडित राहत कोषमा ४ सय जम्मा गरेको हुदाँ सजाय भुक्तान गरी थुनामुक्त भएको बारा जिल्ला अदालतका स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार श्रेष्ठ फैसलाको पुर्णपाठ नआएसम्म निलम्बन कायम हुने तथा दुबैपक्ष्य उच्च अदालतमा जानेबाटो खुल्ला भएको हुदाँ मुद्दा पुनः उच्चमा दर्ता भएमा समेत निलम्बन कायम रहने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय