निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले निजगढ क्षेत्रमा सिँचाई, नदी नियन्त्रण, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा लगानी गर्न निजगढ काठमाण्डौं द्रुतमार्ग परियोजना प्रमुखसंग आग्रह गरेका छन ।
मंगलबार काठमाण्डौ–तराई मधेस द्रुतमार्गको अवलोकनको लागि निजगढस्थित जिरो किमीमा रक्षामन्त्री हरि उप्रेतीसहित आयोजना प्रमुख सम्मिलिते टोलीलाई नगर प्रमुख पुरीले यस्तो आग्रह गरेका हुन ।
नगर प्रमुख पुरीले बुझाएको पत्रमा नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनाहरुमध्ये काठमाण्डौ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निजगढको विकाससंग जोडिएको भन्दै आयोजनाले यस क्षेत्रको समग्र आर्थिक, सामाजिक पक्षमा समेत प्रत्यक्ष प्रभाव पर्ने भएकोले निजगढ नगरपालिकाको सिंचाई, नदी नियन्त्रण, शिक्षा, शिक्षा र रोजगारीको क्षेत्रहरुको विकासको लागि आवश्यक बजेटको ब्यवस्था मिलाईदिन वा आयोजना कार्यालय आफैले सम्पन्न गरिदिन अनुरोध छ, पत्रमा भनिएको छ ।
फास्ट ट्याक निर्माण कार्यको अवलोकनको क्रममा.रक्षा मन्त्री हरी उप्रेती, कृषि तथा पशुपन्छी मन्त्री ज्वाला साह, संघीय सांसद अच्युत मैनाली, कृष्णकुमार श्रेष्ठ किसान र विभिन्न मन्त्रालयका सचिवसहितको टोली हेलिकप्टरबाट मंगलबार दिउँसो निजगढ आएको थियो ।