नेकपा एमाले बाराको ११औँ जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्यहरुको मतगणनामा सकिएको छ । ५ जना पदाधिकारीसहित १२५ सदस्यीय जिल्ला कमिटी सदस्यहरुको चयनको लागि एक साताअघि भएको मतदानको मतगणा बुधबार साझ सकिएको हो ।

जसअनुसार निजगढ नगरपािलकाको खुल्ला तर्फबाट मुकुन्द लामिछाने, रामजी बजगाई, केशव ढोडारी, दुर्गा गौतम, दिनेश लामा र आशा काजी श्रेष्ठ, महिला क्लस्टरबाट चण्डिका उप्रेती, लक्ष्मी गौतम, मनमाया विक, युवा सदस्यमा युद्धप्रसाद बजगाई विजयी भएका हुन ।

यसअघि आदिवासी जनजाती सदस्य महिलातर्फ निजगढकी नगर उपप्रमुख सोममाया थिङ्ग र युवा सदस्य महिलातर्फ सरिता सापकोटा जिल्ला कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।

निर्वाचनमा जिल्ला कमिटीका पूर्व सचिव पाण्ड्ये र पूर्वउपाध्यक्ष टिना सुवेदीले छुट्टाछुट्टै प्यानल बनाएर मैदानमा उत्रिएका थिए ।

निजगढबाट विजयी बनेका जिल्ला कमिटीका सबै जना सदस्यहरु अध्यानन्द पाण्डेको प्यानलबाट चुनावमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय