
बिश्व महामारिको रुपमा फैलिरहेको कोरोना भाईरस बाट बच्नको लागि नेपाल सरकारले गरेको लक डाउनमा रौतहटमा बलात्कारको घटना बढेको देखिएको छ।
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको वडा न ५ सन्तपुर दोस्तियाको सुस्त मनस्थिती भएको १० वर्षिय बालिका बिहिवार राती करिब १२ बजे शौचालय गर्न घर बाहिर निस्केको बेला मौका छोपी सोही वडाको ५५ बर्षको वारिस अन्सारीले बलात्कार गरेको थियो।
छोरिलाई खोज्न जादा आमाले अन्सारिलाई घटना स्थलमै देखे पछि वारिस अन्सारी त्यहाँ बाट भाग्न सफल भएको थियो ।
घटना पछि शुक्रबार बिहान ८ बजे अन्सारीलाई प्रहरिले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बिजयपुर लक्ष्मीनियाको प्रहरी निरिक्षक चन्द्र किशोर साहले जानकारी गराएको छ।लक डाउनको बेला रौतहटमा तेश्रो बालिका बलात्कार भएको घटना हो ।