राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेसको नाममा राजनिति गर्ने मधेसवादी दलहरुले गएको १५ वर्षमा मधेसी जनताको लागि कुनै उल्लेख्य काम गनं नसकेको बताउनुभएको छ ।

संघीयता लागू भएपछि मात्रै पनि मधेसको नाममा मधेस केन्द्रित राजनीतिक दलहरुबाट ४७ जना नेताहरुले मन्त्री हुने मौका पाएको तर मधेसका जनताले भने केही पनि नपाएको बताउनुभयो ।

बुधबार बाराको निजगढमा भएको बृहत आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताउनुभएको हो । उहाँले मधेसले प्रधानमन्त्री बाहेक सबै मन्त्रालय प्राप्त गरे पनि जनताको पक्षमा केही नभएको उल्लेख गर्दै अब क्षेत्र र जातको कुरामा जनताले विश्वास गर्न नहुने उहाँको भनाई थियो ।

नेपाली जनताको भरोसा कुनै पनि राजनीतिक शक्तिमा नभएको भन्दै अन्य सबै राजनीतिक शक्तिहरु जनताको .नजरमा असफल भइसकेको पनि बताउनुभयो । अध्यक्ष लिङ्देनले राप्रपा बाहेक अन्य सबै राजनीतिक दलहरु जनताको अग्नि परीक्षामा असफल भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो,‘अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक सबै दलहरु पतनको बाटोमा रहेको हुदाँ उनीहरुले अन्तिम भोज जसरी भ्रष्टाचार गरिरहेको आरोप लगाउनुभयो ।’ देश बिकाशका निम्ती दलले काम गरेको भए अहिले सम्ममा निजगढ बिमानस्थल र अन्य राष्ट्रिय आयोजनाले गति लिएको हुने थियो तर पोखरा र भैरहवामा विमानस्थल निमार्ण गरेर भ्रष्टाचार गरेको दाबि गर्नुभयो ।

उहाँले जिल्ला तहको नेतृत्वले कार्ययोजना बनाएर काम गर्न निर्देशन पनि दिए । उहाँले आगामी २७ गते काठमाडौं केन्द्रित जनप्रदर्शनको घोषणा गरेकाले मधेशबाट व्यापक सहभागिता र सहयोग आवश्यक रहेको बताउनुभयो ।
त्यसैगरी राप्रपा बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले देशको अवस्था बदल्न अहिलेको व्यवस्था नै परवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले देशमा संघीय गणतन्त्र आएपछि बैदेशिक हस्तक्षेप र भ्रष्टाचार पनि बढेको बताउनुभयो ।

आमसभालाई सम्बोधन राप्रपा प्रवता ज्ञानेन्द्र शाहीले व्यवस्था र अवस्था परिवर्तन नहुँदा जनताले दुःख पाएको बताउनुभयो । उहाँले प्रदेश सरकारको काम नरहेको उल्लेख गर्नुहुँदै विदेशबाट ऋण ल्याएर शासकलाई पोस्ने काम भएको उल्लेख गर्नुभयो ।

वर्तमान नेतृत्वले व्यवस्था चलाउन नसक्ने उल्लेख गर्नुहुँदै परिवर्तनका लागि जनता जाग्नुपर्ने नेताहरूले उल्लेख गरेका छन् । संवैधानिक राजाका पक्षमा नेताहरूले बोलेका छन् । व्यवस्था र अवस्था परिवर्तनका लागि राप्रपाले आगामी २७ गते काठमाडौं केन्द्रित जनप्रदर्शनको घोषणा गरेकाले व्यापक सहभागिता र सहयोग आवश्यक रहेको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय