पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणबाट मंगलबार निजगढ नगरपालिका एक जना घाइते भएका छन् ।
बाघको आक्रमणबाट मंगलबार दिउसो निजगढ नगरपालिका ११ रतनपुरकी ४० वर्षीय दिल कुमारी पुलामी मगर घाइते भएकी हुन ।
निजगढ नगरपालिका ११ स्थित तपोभुमी सामुदायिक वनमा चौपाया चराउन गएकी मगरलाई बाघले पछाडिबाट आक्रमण गरेको घाइते दिलकुमारीले बताईन ।
बाघले आक्रमण पछी जगलमा लडेकी उनिलाई संगै चौपाया चराउन गएका भोग बहादुर मुक्तान र अर्का साथीले बचाउन सफल भए तर तिनवटा बाख्रा भने बाघले मारेको छ ।
बाघको आक्रमणमा परीकी मगरको छाती र पिठ्युँमा पन्जाको दाग छ । उनको पिठ्युँमा टाका समेत लगाईएको छ भने अवस्था सामान्य रहेको निजगढ नगरपालिका ९ स्थित निजगढ सामुदायिक अस्पतालका डाक्टर मुन्ना कुमार साहले जानकारी दिए ।
यसैबिच निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले घाईते दिलकुमारीको स्वास्थ्य अवस्था बुझ्न निजगढ सामुदायिक अस्पताल पुगेका थिए ।