निजगढ नगरपालिका–६ स्थित रामजानकी चोकमा आगलागी हुँदा २ गोठ जलेर नष्ट भएका छन्। सोमबार बिहान रामहरी तिमलसिना र धुब्र तिमलसिनाको गोठमा आगलागी भएको हो।

रामहरी तिमलसिनाको गोठमा बस्तुलाई खोले पकाउन बालेको आगो गोठमा सल्किदा दुबै गोठ पुर्णरुपमा नष्ट भएको हो । उनीहरुको गोठमा राखिएको सम्पूर्ण सामग्री जलेर नष्ट समेत भएको छ ।

ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक घनश्याम श्रेष्ठ र सशस्त्र प्रहरी बेश निजगढका सशस्त्र प्रहरी नायव उपरिक्षक दिनेश शर्माको कमाण्डमा गएका २५ जना प्रहरी, निजगढ तथा कोल्हवी नगरपालिकाको दमकल र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

बिहान ८ः३० बजेतिर लागेको आगो स्थानीय र सुरक्षाकर्मी मिलेर एकघण्टापछि नियन्त्रणमा लिएका थिए । आगलागीबाट करिब सात लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय