
सरकारकाले नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ ।
विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्यान गुमाउने निजगढका ५ जनाको नाम समेत गृह मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा रहेको हो ।
यस्तो छ सूचीः
१. सोभित सिंह तामाङ, निजगढ ८
२. केदार बहादुर केसी, निजगढ ६
३. राजन प्रसाद चौलागाई, निजगढ ६
४. राजेन्द्र प्रसाद शाह कलवर, निजगढ ४
५. बल बहादुर थापा, निजगढ २