निजगढ नगरपालिका वडा नम्बर ४ स्थित कछडिया सामुदायिक वनमा मंगलबार एउटा दुर्लभ पाटेबाघ मरेको छ ।

कछडिया सामुदायिक वनको छेउ बकैया खोला किनारमा वयस्क बाघ मृत फेला परेको सब डिभिजन बन कार्यालय तामागढीले जनाएको हो ।

बिहान स्थानीयवासी बाघ मरेको देखेपछि बनलाई खबर गरेको सब डिभिजन बन कार्यालय तामागढीका प्रमुख वन अधिकृत सुरेश भगतले जानकारी दिए ।

हेर्दा बाघको चार पाँच दिन अगाडी नै मरेको देखिन्छ । पोथी बाघ करिब ८ वर्षको रहेको र प्राय बाघ जुधेर मर्ने वा घाईते हुने गर्छ तर यो बाघ भने बूढो भएर मरेको अनुमान गरिएको छ ।

यो सँगै पछिल्लो एक महिनाको अन्तरालमा मात्रै बारामा दुई वटा बाघ मरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय