निजगढ नगरपालिका ७ स्थित गाडी मर्मत गर्ने (कारखाना) ग्यारेजमा सोमबार विष्फोट भएको घटनामा घाईते तथा मृतकहरुको परिवारलाई क्षतिपुर्ति व्यवस्था गर्न निजगढ नगर उद्योग वाणिज्य संघको सरकारसंग माग गरेको छ ।

घटनामा घाईते भएकाहरूको उचित स्वास्थ्य उपचारका साथै मृतक परिवारलाई सम्पूर्ण क्षतिपुर्ति व्यवस्था गर्न सरकारसँग माग गरेको निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठद्घारा हस्ताक्षर रहेको विज्ञप्तीमा भनिएको हो ।

मंङ्गलबार दिउसो विज्ञप्ती जारी गर्दै संघले यस संघमा आवद्ध रही निजगढ नगरपालिका वडा नम्बर ७ मा व्यवसाय संचालन गर्दै आएका रेशम बहादुर जर्गा मगरद्वारा संचालित रोहित वर्कशपमा मिति हिजो सोमबार मध्यान्हमा भएको हृदयविधारक घटनाप्रति संघले गहिरो दुःख व्यक्त गरेको छ ।
यस्तै संघले घटनामा मृत्यु भएका सोहि वर्कशपका सञ्चालक रेशम बहादुर जर्गामगर सहित राकेश जैसवाल र रितु रजतको मृत्यु भएको खबरले हामीलाई स्तब्ध बनाएको जनाउदै मृतक प्रति यस संघ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार प्रति गहिरो समवेदना प्रकट समेत गरिएको छ ।

विज्ञप्तीमा उक्त घटनामा निजगढ नगरपालिका वडा नम्बर ५ निवासी सुर्य बहादुर थापा, विरगंज महानगरपालिका निवासी फिरोद देवान र अश्विन साहको घाईते भई उपचारतहरू रहेकोमा उनीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय