बाराको निजगढ नगरपालिका ७ स्थित गाडी मर्मत गर्ने (कारखाना) ग्यारेजमा सोमबार विष्फोट भएको घटनाको सत्यतथ्य छानबिन गर्न निजगढका राजनीतिक दलहरुले माग गरेको छ ।

सोमबार साझ संयुक्त विज्ञप्ती जारी गरी घटनालाई पारदर्शी र प्रभावकारी ढङ्गले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन राजनीतिक दलहरुले माग गरेको हो ।

निजगढ नगरभित्र रहेका नेपाली काँग्रेसका निजगढका सभापति नवराज तिमल्सिना, नेकपा एमालेका निजगढका उपाध्यक्ष भोला गौतम, नेकपा माओवादी केन्द्र निजगढका अध्यक्ष सन्तोष दंगाल, राष्ट्रिय स्वतन्त्र पार्टी निजगढका सभापति रामहरी खरेल, राप्रपा निजगढका अध्यक्ष खड्ग प्रसाद उप्रेती र नेकपा एकिकृत समाजवादी निजगढका अध्यक्ष भिम प्रसाद सापकोटाको हस्ताक्षर रहेको संयुक्त विज्ञप्तीमा रोहित वर्कशपमा शंकास्पद वस्तु बिस्फोट भएको प्रति निजगढ स्थित सबै राजनीतिक दलहरूको गम्भीर ध्यानाकर्षण भएको भनिएको छ । यस्तै यस हृदयविदारक घटना प्रति गहिरो दुःख ब्यक्त गर्द उक्त घटनामापरी मृत्यु भएका सोहि वर्कशपका सञ्चालक रेशम बहादुर जर्गामगर प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट समेत गरिएको छ ।

विज्ञप्तीमा उक्त घटनामा निजगढ नगरपालिका वडा नं. ५ निवासी ४५ वर्षीय सुर्य बहादुर थापा, विरगंज महानगरपालिका वडा नं. ९ बस्ने ३४ वर्षीय फिरोद देवान, सोेही स्थान बस्ने २० वर्षीय रितु रजत, भारत गवाहि बस्ने ३५ वर्षीय राकेश जयसवाल र भारत राम गढवा बस्ने २० वर्षीय अरीवन साह घाईते भई उपचारतहरू रहेकोमा उनीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

यस्तै आज भएको यस घटना संकास्पद वस्तु बिस्फोट भएको देखिएकोले उक्त घटनाको सम्बन्धित निकायबाट छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न र घाइतेहरूको उचित स्वास्थ्य उपचारका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसंग जोडदार माग समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय