बाराको निजगढ नगरपालिका-७ सहिद चोकमा आज मध्याह्न वर्कसपमा ग्यास सिलिन्डर विस्फोट हुँदा पाँचजना गम्भीर घाइते भएका छन् ।
निजगढ नगरपालिका ९ का रेशम मगरले सचालन गरेको रोहित वर्कसपमा काम गर्दैगरेको अचानक ग्यास सिलिन्डर विस्फोट हुँदा पाँच जना घाइते भएका छन ।
भएका छन् भने एकजनाको अवस्था सामान्य रहेको बताइएको छ ।
विस्फोटबाट चार जना गम्भीर घाइते हुनेमा निजगढ नगरपालिका ७ बस्ने ४५ वर्षीय रेशम मगर, भारत घर भएका २० वर्षीय अरविन शाह, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र ठेगाना नखुलेको २० वर्षीय रितु रजत रहेका छन । भने निजगढ नगरपालिका ५ बस्ने ४५ वर्षीय सुर्य बहादुर थापाको अवस्था सामान्य रहेका छन ।
घाइते सबैको निजगढ नगरपालिका ९ स्थित निजगढ सामुदायिक अस्पतालमा प्रथामिक उपचार गरिएको थियो । हाल चार जनालाई थप उपचारका निम्ति बिरगंज रिफर गरिएको छ भने एक जनाको सामुदायिक अस्पताल निजगढमै उपचार भइरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।