नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको मधे प्रदेश अध्यक्षमा सागर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

शनिवार बाराको निजगढमा सम्पन्न मधेश प्रदेशको पाचौं साधारणसभाले तामाङलाई निर्विरोध चयन गरेको हो ।

यसैगरी प्रथम उपाध्यक्षमा प्रमोद गुप्ता, द्धितिय उपाध्यक्षमा भोलानाथ चौधरी, सचिवमा साम्सुल अन्सारी, सह-सचिव अनिल मण्डल, कोषाध्यक्षमा सुभाष कर्ण सदस्यमा श्रवण कुमार गुप्ता, रामसागर महतो, बिनोद साह, हरिशकर गुप्ता, रबि कुमार साह निर्वाचित भएका छन् ।

निजगढको बैन्क्युट पार्टी प्यालेसमा सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।

सर्वोच्च अदालतको आदेश विपरीत विद्यालय हाताभित्रबाट अवैधानिक ढंगबाट बिक्री वितरण भइरहेको पुस्तक तथा कापीहरूलाई रोक्न नयाँ कार्यसमितिले कुनै कसुर नराख्ने बताएको छ ।दुई दिन सम्म चलेको साधारण सभाले बारा जिल्लामा शाखा कार्यालय खोल्ने निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय