निजगढ नगरपालिकाले चालु आर्थिक वर्षको लागि आह्वान गरेको ढुङ्गा, गिटी र बालुवा उत्खनन तथा निकासीको ठेक्का हिमानी सप्लायर्सले हात पारेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षको लागि बकैया, भक्तलाल र शक्ती खोलाबाट नदीजन्य पदार्थ उत्खनन तथा निकासीको लागि खोलेको बोलपत्रमा हिमानीसहित २ वटा कम्पनीले अन्लाईन बोलपत्र पेस गरेका थिए ।

न्युनतम ६ करोड ३३ लाख ३९ हजार ७ सय ३६ रुपैया ३२ पैसामा सकार गर्न भएको इलेक्ट्रोनिक टेण्डरमा हिमानी सप्लायर्सले सबैभन्दा बढी ८ करोड २८ लाख २९ हजार रुपैयाँमा बोलपत्र भरि ठेक्का प्राप्त गरेको हो भने जय गणेश सप्लायर्सले ६ करोड ८३ लाख ७० हजार ६ सय ५१ रुपैया १३ पैसामा बोलपत्र भरेको थियो ।

हिमानिले नगरपालिकाको ठेक्का हात परेको यो तेश्रो पटक हो, यस अगि समेत हिमानिले दुई पटक पनि निजगढ नगरपालिकामा ठेक्का हात परेको थियो ।

यता ३ करोड ४ लाख ६५ हजार ९ सय ३ रुपैया आह्वान गरेको धन्सार र बगर खोलाको नदीजन्य पदार्थ उत्खनन तथा निकासीको लागि भने कुनै बोलपत्र परेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय