निजगढ नगरपालिका ४ स्थित चारघरे टोलमा विद्युत सट हुँदा एक घरमा आगलागी भएको छ ।

स्थानीय हिरा तिमिल्सिनाको घरको भुई तलामा विद्युत लाईन सर्ट भई आगलागी सुरु भएको थियो ।

तिमिल्सिनाको काठको घरको मुख्य राखनधरन गरिने कोठामा रकेको बिजुली बक्सबाट विद्युत सर्ट भइ आगलागी भएको हो ।

आगलागी सुरु भएको तिमिल्सिनाको ४ वर्षिय नाति रिहान्सले देखेपछि उनले घरमा रहेका हजुरआमालाई जानकारी गराएका थिए ।

आगलागीबाट तिमिल्सिनाको घरमा रहेका लत्ताकपडा, सामानहरु जल्दा अन्दाजी एक दुई लाख बराबरको क्षति भएको बताइएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।

आगलागी स्थानीयवासी मिलेर रातीनै नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय