प्रतिनिधि सभाका सभामुुख देवराज घिमिरेले शिक्षा क्षेत्रमा सुधार गर्न पर्याप्त ऐन र कानुन बन्न नसकेको बताए ।
निजगढ नगरपालिका वडा नम्बर ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयको स्वर्ण जयन्तिको अवसरमा प्रमुख अतिथिको आशनबाट बोल्दै सभामुख घिमिरेले बुधवार सो कुरा बताएका हुन ।
परिवर्तित सन्दर्भमा आवश्यक गुणस्तरीय, व्यवहारिक, रोजगारीमूलक र असल नागरिक निर्माण गर्ने खालको शिक्षा आवश्यक भएको बताउदै उनले सो कार्यको लागि गौरीशंकर माविको स्वर्ण महोत्सवले सहयोग गर्ने पनि सभामुख घिमिरेले विश्वास व्यक्त गरे ।
सभामुुख घिमिरेले समाज परिवर्तन र विकासको लागि समाजमा बस्ने मानिसहरुले योगदान गर्नुपर्ने बताए ।
विद्यालयलाई आजको यो अवस्थामा ल्याइपु¥याउन स्थानीय अग्रजहरु विगतदेखि नै महत्वपूर्ण योगदान गर्दैआएको आफूले जानकारी पाएको बताउदै उनले आजको दिनमा अग्रजहरुको अनुभव सुनेर र उनीहरुको सीपबाट सिकेर वर्तमान पिढीले पनि काम गर्नुपर्ने बताए ।
देश विकास र जनताको सम्बृद्धिको मुल आधार विद्यालय नै भएकोले शिक्षाको गुणस्तर विकास गर्दै राष्ट्रलाई आवश्यक पर्ने जनशक्तिको उत्पादन गरेर देशमा उत्पादकत्व वृद्धि गर्नेतर्फ विद्यालयको शिक्षा केन्द्रीत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बारा क्षेत्र नम्बर १ का संघीय सांसद अच्युत मैनाली, बारा क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य ज्वाला साह, संविधान सभा सदस्य पुरुषोत्तम पौेडेल, शोभाकर पराजुली, जयराम दहाललगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले स्वर्ण महोत्सवको सफलताको निम्ति शुुभकामना दिएका थिए ।
सो अवसरमा विद्यालयका संस्थापक सदस्यहरु, विद्यालय स्थापना गर्दाको बखत सहयोग गर्ने सहयोगी, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु, पूर्वप्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरु, विद्यालयमा छात्रवृत्ति कोषका सञ्चालकहरुलाई सम्मान गरिएको थियो । विद्यालयमा अंग्रेजी माध्यामको कक्षा संचालन गर्न भूमिका निर्वाहा गर्ने शिक्षकहरु, विद्यालयमा प्लस टु कक्षा संचालन गर्न आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।
त्यसैगरी नेपाल सरकारको विशिष्ठ र राजपत्रांकित प्रथम श्रेणी र सो सरहको पदमा पुगेका वर्तमान र पूर्वकर्मचारीहरु, विद्यावारिधि उपाधि हासिल गर्नेहरु, एमविविएस गर्ने पूर्वविद्यार्थी, राजनीतिक नियुुक्ति पाएका र राष्ट्रिय स्तरका खेलाडी, उद्यमी, कलाकार, साहित्यकारहरु, पत्रकारहरु र विद्यालयमा अध्ययन गरेका र विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनेसमेत गरी करिव २ सय जनालाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रविकुुमार बर्तौलाको अध्यक्षतामा भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बद्रीनारायण झाले विद्यालयको शैक्षिक अवस्था, भौतिक संरचनाको अवस्थाको बारेको विवरण उल्लेख भएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन विधालय व्यवस्थापन समितिका सदस्य थानेश्वर सापकोटाले गरेका थिए ।
मधेस प्रदेशको उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा सो विद्यालय वि.स. २०३१ सालमा स्थापना भएको सो विद्यालयले साताव्यापी कार्र्यक्रमको आयोजना गरेर स्वर्ण महोत्सव मनाएको हो । गुणस्तरीय शिक्षा प्रदान गर्दैआएका कारण विद्यालयमा हाल निजगढसहित बारा, रौतहटसहित मधेस प्रदेशका विभिन्न जिल्लाका पालिकाहरुका करिव २ हजार ३ सय विद्यार्थी अध्ययनरत छन ।