प्रतिनिधि सभाका सभामुख सम्माननीय देवराज घिमिरे आज बाराको निजगढ नगरपालिका आउने भएका छन् ।

मधेश प्रदेशमै उत्कृष्ट विद्यालयको रुपमा परिचय बनाउन सफल बाराको निजगढ नगरपालिका–८ स्थित गौरीशंकर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्न पहिलो पटक बाराको निजगढ आउन लागेका हुन् ।

गौरीशंकर माध्यमिक विद्यालयका पूर्व विद्यार्थी तथा बाराका क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य अच्युत प्रसाद मैनालीका स्वकिय सचिव दामोदर मैनालीले सभामुख घिमिरेलाई विद्यालयको तर्फबाट प्रमुख अतिथिका रुपमा आमन्त्रण गरेका थिए ।

वि.स.२०३१ सालमा स्थापना भएको विद्यालयले यही माघ १० गते स्वर्ण जयन्ती मनाउँदैछ । स्थानिय समाजसेवी, चन्दादाता, जग्गादाताहरुको सहयोगमा निमार्ण भएको यस विद्यालयमा हाल करिब २३ सय विद्यार्थी अध्ययन गरिहेका छन ।

गौरीशंकर नगरको पहिलो प्राविधिक शिक्षालय हो । यस विद्यालय बारा जिल्लामा मात्रै नभई मधेश प्रदेशमै उत्कृष्ट विद्यालयको रुपमा परिचय बनाउन सफल भएको यस विद्यालयले स्वर्ण महोत्सवको अवसरमा स्वर्ण महोत्सव स्मारिका २०८० प्रकाशन गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय