मधेश प्रदेशमै उत्कृष्ट विद्यालयको रुपमा परिचय बनाउन सफल बाराको निजगढ नगरपालिका–८ स्थित गौरीशंकर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको तयारी पुरा भएको छ ।

२०३१ सालमा स्थापना भएको विद्यालयले यही माघ १० गते स्वर्ण महोत्सव मनाउने तयारी पुरा भएको विद्यालयले आईतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।

विद्यालयको प्राङ्गण अहिले बेहुली झै सजिएको छ । विद्यालय स्थापनाको ५० औँ वर्ष पार गरेको उपलक्ष्यमा मनाउन गइरहेको स्वर्णमहोत्सवको तयारी सबै पुरा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि कुमार बर्तौलाले जानकारी दिए ।

यस्तै स्वर्णमहोत्सवका प्रचार प्रसारको काम पनि निकै तीव्र भइरहेको शिशक अभिभावक संघका अध्यक्ष दिपक सापकोटाले बताए ।

यस विद्यालयले मधेश प्रदेशमै उत्कृष्ट शिक्षा प्रदान गरेको छ । ५० वर्ष अगाडी सामान्य संरचनाबाट सुरु भएको विद्यालय अहिले सुबिधा सम्पन्न भवनमा संचालन भई गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको छ । यस विद्यालयमा अंग्रेजी तथा नेपाली दुबै माध्यममा पठनपाठन हुदै आएको प्रधानाध्यापक बद्रीनारायण झाले बताए ।

स्वर्णमहोत्सवको अवसरमा विद्यालयले संस्थापक सदस्यहरु, स्थापनाका अन्य सहयोगी व्यक्तित्वहरु, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्यहरु, विद्यालयका पूर्व प्रधानाध्यापकहरु, छात्रवृत्ति कोषका संचालकहरु, २० वर्ष विद्यालयमा सेवा गर्ने शिक्षक कर्मचारी, २० वर्ष विद्यालयमा सेवा गर्ने पूर्व शिक्षक कर्मचारी, पूर्व विद्यालय कर्मचारीलाई नगद सहित सम्मान, अंग्रेजी माध्यमको कक्षाका संस्थापक शिक्षकहरु, यस विद्यालयमा अध्ययन गर्नु भएका वर्तमान तथा पूर्व मन्त्री, संघीय र प्रदेश सांसद, यस विद्यालयमा अध्ययन गर्नु भएका वर्तमान र पूर्व जि.स.स., जि.वि.स., नगरपालिका, गा.वि.स. प्रमुख र उप प्रमुख, +२ स्थापनार्थ महत्वपूर्ण आर्थिक सहयोग गर्ने व्यक्तित्वहरु, नेपाल सरकारको विशिष्ट र राजपत्रांकित प्रथम श्रेणी र सो सरहका वर्तमान र पूर्व कर्मचारी, विद्यावारिधी उपाधि हासिल गर्ने व्यक्तित्वहरु, MBBS गर्ने व्यक्तित्वहरु, विशिष्ट राजनीतिक नियुक्ती लिनुहुने व्यक्तित्वहरु, राष्टि֑य स्तरका खेलाडीहरु, राष्टि֑य स्तरका उद्यमी, कलाकार, साहित्यकारहरु, पूर्व विद्यार्थी पत्रकारहरु तथा कार्यरत उत्कृष्ट शिक्षक कर्मचारीलाई सम्मानित गरिने बताईएको छ ।

स्वर्णमहोत्सवको अवसरमा विद्यालयले ४ गतेबाटनै सप्ताहव्यापी कार्याक्रम समेत गर्दै आएको छ । विद्यालय तय गरेको सप्ताहव्यापी कार्याक्रम अनुसार ४ गते सरसफाई, ५ गते पुरुष शिक्षक कर्मचारीबिच भलिबल प्रतियोगिता तथा महिला शिक्षिका बिच म्युजिकल चेयर, ६ गते शिक्षक, कर्मचारी र समितिबिच फुटबल प्रतियोगिता, ७ गते दलित विद्यार्थीहरुलाई न्यानो कपडा र स्कुल ब्याग वितरण, ८ गते अभिभावक खेल तथा खेलकुद पुरस्कार वितरण, ९ गते सांस्कृतिक तथा विविध पुरस्कार वितरण र १० गते स्वर्ण महोत्सव समुद्घाटन, विभिन्न सम्मान, विज्ञान प्रदर्शनी र सांस्कृतिक कार्यक्रमहरु गरि विद्यालयले स्वर्णमहोत्सव मनाउदै छ ।

झण्डै दुई हजार तिन सयको हाराहारीमा विद्यार्थीहरु अध्ययनरत छन् । गौरीशंकर नगरको पहिलो प्राविधिक शिक्षालय हो । यस विद्यालय बारा जिल्लामा मात्रै नभई मधेश प्रदेशमै उत्कृष्ट विद्यालयको रुपमा परिचय बनाउन सफल भएको यस विद्यालयले स्वर्ण महोत्सवको अवसरमा स्वर्ण महोत्सव स्मारिका २०८० प्रकाशन गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय