निजगढ नगरपालिकाले निशुल्क एसइइ तयारी कक्षा संचालनमा ल्याएको छ ।

नगरपालिकाभित्र रहेका ८ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई आगामी एसइइ परीक्षा लक्षित तयारी कक्षा संचालनमा ल्याईएको हो ।

निजगढ वडा नं ११ स्थित नेपाल राष्ट्रिय माविबाट शुरु गरिएको तयारी कक्षामा विद्यार्थीहरुलाई अंग्रेजी, गणित र विज्ञानको निशुल्क पढाइने निजगढ नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख उत्तम लामिछानेले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख सुरथ पुरीले विद्यार्थीहरुको एसइइ परीक्षामा राम्रो नतिजा ल्याउन नगरपालिकाले यस्तो व्यवस्था गरेको जानकारी दिए । कार्यक्रमले विद्यार्थीहरुको नतिजाान सुधार ल्याउन सहयोग पुग्ने उनको भनाई थियो ।

उनले कक्षा ८ का विद्यार्थीहरुको लागि पनि तयारी कक्षा संचालन गरिने बताए ।

कार्यक्रममा नगरका उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर १० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठ र ११ का अध्यक्ष सहइया गुरोलगायत विभिन्न माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र विषयगत शिक्षकहरुको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय