शीतलहरसँगै अत्यधिक चिसो बढेपछि निजगढ नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था बिदा दिने निर्णय गरेको छ ।

मंगलबार सूचना प्रकाशित गरी नगरले बुधबार र बिहिबार दुई दिन नगर क्षेत्रका सम्पूर्ण विद्यालय बिदा दिने निर्णय गरेको जानकारी गराएको हो ।

अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको नगरले जनाएको छ । केही दिनयता निजगढसहित तराई क्षेत्रमा शीतलहरूसँगै चिसो बढेको छ ।

‘चिसो तथा शीतलहरका कारण विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ भएको तथा स्वास्थ्य जोखिमलाई समेत मध्यनजर राख्दै यस नगरपालिका क्षेत्र भित्र सञ्चालित सम्पूर्ण विद्यालयको पठनपाठन मिति २०८०/१०/०३ गतेदेखि २०८०/१०/०४ गतेसम्म बन्द गर्न निर्णय अनुसार जानकारी गराइन्छ,’ नगरद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय