तेस्रो निजगढ नगरस्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङ्ग शिल्डको स्पर्धामा सार्वजनिक मावि १३ स्वर्ण, ९ रजत र ८ कास्य पदकसहित पहिलो बनेको छ ।
गौरीशंकर मावि निजगढ ८ ले १२ स्वर्ण प्राप्त गरि दोस्रो भएको छ । गौरीशंकरले ७ रजत र ७ कास्य पदक पनि जितेको छ ।
त्यसैगरी गौरीशंकर मावि निजगढ ६ सडकटोल २ स्वर्ण ६ रजत र ३ कास्य सहित तेस्रो भएको छ । त्यसैगरी बकैया ठाकुर माविले १ स्वर्ण १ रजत र २ कास्य पदक हात पारेको छ ।
हिजो भएको छात्रातर्फको कवर्डी, १५ सय मिटर दौड र ४ इन्टु ४ सय मिटर रिलेमा सार्वजनिक माविले स्वर्ण हात पारेको हो । त्यसैगरी हिजो नै भएको छात्र कपर्डीमा गौरीशंकर मावि निजगढ ८ र छात्र भलिवलमा गौरीशंकर मावि सडकटोल पहिलो बनेको थियो ।
निजगढ ९ स्थित सहिद हिरालाल रंगशाला र निजगढ ८ को खयरघारी खेल मैदान भएको सो प्रतियोगिता हिजो समापन भएको हो । समापन कार्यक्रममा बिजेता खेलाडीहरुलाई निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिंगले पदक, प्रमाणपत्र र शिल्ड प्रदान गरेका थिए ।
३ दिनसम्म चलेको रनिङ्ग शिल्डको बारा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य अच्चुतप्रसाद मैनालीले शुक्रवार उद्घाटन गरेका थिए ।



