निजगढ नगरपालिका वडा नम्बर २ स्थित वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सिद्धबहादुर थापालाई डिभिजन वन कार्यालय बाराले पक्राउ गरेको छ ।

सामुदायिक वन समूहको वन क्षेत्र अतिक्रमण गरेर आवादी गरेको आरोपमा अध्यक्ष थापालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय बाराका प्रमुख डिएफओ विनोद सिंहले जानकारी दिए ।

थापालाई हिजो दिउसो १ बजे पक्राउ गरिएको थियो । वन क्षेत्रको जमिन स्थानीय विद्यालय, गुम्बा र केही सामुदायिक संघ संस्थाको नाममा वितरण गरेर आवादी गराएको आरोपमा अख्तियार अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा परेको उजुरीमा कारबाहीअघि बढाउन निर्देशन आएपछि आवश्यक अनुसन्धानको लागि थापालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय बाराका प्रमुख सिंहले जानकारी दिए ।

सशस्त्र द्वन्दको समयमा माओवादीहरुले फडानी गरेको जग्गा स्थानीयले अतिक्रमण गरेर विभिन्न संघसंस्थाको नाममा छुट्याएर आवादी थालेपछि वन क्षेत्र अतिक्रमण गरेकोे भन्दै थापासहित केही स्थानीयविरुद्ध ०७३ सालमा अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

सोही उजुरीको कारबाही बारेमा अख्तियारले वन कार्यालय बारामा पटकपटक जानकारी माग गर्दैआएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय