नेपाल रेडक्रस सोसाईटी निजगढको सभापतिमा रुद्र धिताल निर्वाचित भएका छन ।

उपशाखाको नयाँ नेतृत्व चयनको लागि आज भएको मतदानबाट सभापतीमा रुद्र घितालले ५७ मत प्राप्त गरी पाँचौं सभापति बन्न सफल भएका हुन ।

सभापति पदमा ३ जनाले उम्मेदवारी दिएका थिए । सभापती पदमा उम्मेदवार गंगा शिवाकोटीले ५६ र अमृत खरेलले ३२ मत प्रप्त गरेका हुन ।

त्यसैगरी १ जना महिला उपसभापतीमा प्रमिलाकुमारी नेपालले ६४ मत प्रप्त गरी निर्वाचित भए ।

यस्तै खुल्लातर्फ ४ जना सदस्यमा लोकप्रिय मत सहित विष्णुकुमार खडका निर्वाचित भए । खडकाले १०१ मत, टेकबहादुर भण्डारीले ७२ मत, गणेश भण्डारीले ६९ मत र छेवाङ्ग लामाले ६३ मत प्राप्त गरी विजयी भएका छन ।

यस अगि हिजो भएको उम्मेदवारी दर्तामा एक जनाको मात्रै उम्मेदवारी परेपछि सचिवमा मोहनबहादुर डिसी, कोषाध्यक्षमा सुभद्राकुमारी पौडेल, उपसचिवमा बासुदेव तिमल्सिना र उपकोषाध्यक्ष पदमा गणेशबहादुर क्षेत्री भने निर्विरोध चयन भएका थिए ।

यस्तै महिला सदस्यमा भने कसैको पनि उम्मेदवारी नपरेपछि खाली भएको रेडक्रस निजगढका निर्वाचन अधिकारी संन्तोष नेपालले जानकारी दिए ।

निजगढ रेडक्रसमा साधारण र आजीवन सदस्य गरि दुई सय १८ जना मतदाता रहेकोमा १४७ मत खसेको थियो भने ५ वटा मत बदर भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय