नेपाल रेडक्रस सोसाईटी निजगढ उपशाखाको नयाँ नेतृत्व चयनको लागि आज हुने मतदानमा सभापती पदमा ३ जनाले उम्मेदवारी दिएका छन ।
सभापती पदमा रुद्र धिताल, अमृत खरेल, गंगा शिवाकोटीले उम्मेदवारी दर्ता गराएका हुन ।
एक जनाको मात्रै उम्मेदवारी परेपछि सचिवमा मोहनबहादुर डिसी, कोषाध्यक्षमा सुभद्राकुमारी पौडेल, उपसचिवमा बासुदेव तिमल्सिना र उपकोषाध्यक्ष पदमा गणेशबहादुर क्षेत्री भने निर्विरोध चयन भएका छन ।
त्यसैगरी १ जना महिला उपसभापतीको लागि प्रमिलाकुमारी नेपाल, धनमाया लामा, लक्ष्मी चौलागाई र बबिताकुमारी सापकोटाले उम्मेदवारी दिएकाछन ।
खुल्लातर्फ ४ जना सदस्यको लागि विष्णुकुमार खडका, टेकबहादुर भण्डारी, रामकृष्ण घिमिरे, रामप्रसाद लामिछाने, छेवाङ्ग लामा, पदमबहादुर श्रेष्ठ, सानुबाबु अधिकारी र गणेश भण्डारीसहित ९ जनाले मनोनयन पत्र दर्ता गराएका छन ।
महिला सदस्यमा भने कसैको पनि उम्मेदवारी नपरेपछि खाली भएकोछ । नयाँ नेतृत्व चयनको लागि आज बिहान १० बजेबाट मतदान कार्य शुरु गरिने रेडक्रस निजगढका निर्वाचन अधिकारी संन्तोष नेपालले जानकारी दिए ।
निजगढ रेडक्रसमा साधारण र आजीवन सदस्य गरि दुई सय १८ जना मतदाता छन् ।



