बाराको निजगढ नगरपालिकाले क्षयरोगका शंकास्पद बिरामी पहिचान गर्ने भएको छ ।

‘क्षयरोग मुक्त नेपाल घोषणा अभियानका लागी वडास्तरीय सुक्ष्म योजना तर्जुमा’ कार्यक्रम मार्फत नगरपालिकाले बिरामी पहिचान गर्ने योजना सुरु गरेको हो ।

कार्यक्रम बारे जानकारी दिने उद्देश्यले निजगढ नगरपालिका कार्यालयमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सो कार्यक्रम बारे जानकारी दिइएको हो ।

कार्यक्रममा शंकास्पद बिरामीहरुको पहिचानका लागि क्षयरोग स्कृनिङ क्याम्प हुने भएको छ ।

कार्यक्रम बारे जानकारी दिदै निजगढ नगरपालिका स्वास्थ्य शाखाका मणिश्वर घिमिरेले नगरपालिका स्वास्थ्यकर्मीहरुले तिन क्स्लटरमा गई विरामीहरुको पहिचान गरिने जानकारी दिए ।

कार्यक्रम संचालन भएपछि क्षयरोग स्कृनिङ मेसिनबाट क्षयरोगको अवस्था परीक्षण गरिने निजगढ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले जानकारी दिए ।

त्यसैगरी कार्यक्रम अन्तर्गत क्षयरोगबारे परामर्श सेवा, पोषण सेवा र स्वास्थ्य प्रबद्र्धधनको लागि सामुहिक सचेतना कार्यक्रम पनि संचालन गरिने उनले जानकारी दिए ।

निजगढ नगरपालिकाका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालको अध्यक्षतमा भएको सो अभिमुखीकरण कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष स्वर्ण लामा, वडा नम्बर ७ का वडा अध्यक्ष टेक बहादुर लामालगायतले कार्यक्रमको महत्व बारेमा जानकारी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय