काठमाडौं । तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । उनी लामो समयदेखि प्रहरीको खोजीमा थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज बुढानिलकण्ठबाट उनलाई पक्राउ गरेको हो ।
तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोपमा बम्जन पक्राउ परेका हुन् ।
उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको प्रवक्ता नवराज अधिकारीले बताए ।
बम्जनमाथि सर्लाही, नुवोकाट, मकवानपुरका केही मानिसलाई वेपत्ता पारेको आरोप छ । सर्लाहीको आश्रममा बलात्कार गरेको उजुरी छ ।
सीआईबीले लामो समयदेखि बम्जनको खोजी गरिरहेको थियो । पुस २०७६ मा सिन्धुपाल्चोकको इन्द्रवती–६ बाँडेगाउँ तथा असार २०७७ मा कमलामाई नगरपालिका ९ पैरेको आश्रममा छापा समेत हानेको थियो ।