बाराको निजगढ नगरपालिका वडा नम्बर ६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको नयाँ संचालक समिति चयनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
निर्वाचन समितिको बैठकको निर्णय अनुसार बिहिबार संचालक समिति र लेखा समिति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।
निर्वाचन समितिले निर्वाचनको लागि पुष १२ देखि २७ पुससम्मको कार्यतालिका बनाएको छ । सहकारी ऐन, २०७४ को दफा ४१ र ४८ तथा निजगढ नगरपालिकाको सहकारी ऐन, २०७६ को दफा ३० र ३७ को प्रयोजनार्थ संचालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनको लागि गठित निर्वाचन समितिका संयोजक अजयकुमार उप्रेतीले सूचना प्रकाशित गरेका थिए ।
निर्वाचन समितिले संस्थाको निर्वाचन प्रक्रियासँग सम्बन्धि ऐनहरु, नियमावली, संस्थाको निर्वाचन नीति र अन्य आवश्यक प्राविधिक तयारी पुरा गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको संयोजक उप्रेतीले जानकारी दिए ।
निर्वाचन कार्यक्रम अन्तर्गत बिहीवार मतदाता नामावली प्रकाशन समेत गरेको समितिले १५ गते उम्मेदवारी दर्ता, १९ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन, २० गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने र २७ गते बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्मको लागि मतदानको समय तोकेको छ ।
गत शनिवार भएको १३ औं साधारण सभामा नयाँ संचालक समिति र लेखा समितिको चयनमा सम्मति हुन नसकेपछि मतदान प्रक्रियाबाट छनौट गर्न लागिएको हो ।