निजगढ नगरपालिका वडा नम्बर ७ वडा कार्यालयले नेत्रोदय तेक्वाण्डो डोजाङ्गलाई खेल सामग्री सहयोग गरेको छ ।

वडा अध्यक्ष टेकबहादुर लामाले नेत्रोदय माविमा भएको एक कार्यक्रममा डोजाङ्ग प्रमुख धनकुमार सिंजालीलाई १ लाख ८० हजार मूल्य बराबरको खेल सामग्री म्याट प्रदान गरेका थिए ।

कार्यक्रममा वडा सदस्य दिलबहादुर पुलामी, भगवती घिमिरे, सुभद्रा सुनुवार, बारा जिल्ला तेक्वाण्डो संघका अध्यक्ष चित्रबहादुर लामा, खेलप्रेमी खडकबहादुर पुलामी लगायत स्थानीयबासिन्दा र खेलाडीहरुको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा खडकबहादुर पुलामीले चितवनमा भएको तेक्वाण्डो प्रतियोगितामा विजयी नेत्रोदय डोजाङ्गका खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान पनि गरेका थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय