निजगढ नगरपालिकाको मुटु मानिने शहिद चोक नजिकै छ बविन राज पौडेलको फास्टट्र्याक मिनी मार्ट । त्यहीँ मार्टमा दिनहु यस क्षेत्रका युवाहरुले समुह बनाएर सामाजिक सञ्जाल फेसबुकमा फोटा हाल्दै लेख्न थालियो, पुनर्मिलन, भेटघाट, भेटघाट निरन्तर, भेटघाट जारी छ, भेटघाटको क्रम तिब्रगतिमा । यसरी करिब दुई, तिन महिनासम्म निरन्तर भेटघाट भईरहेको थियो ।

दिन बित्दै गयो, भेटघाटमा युवाहरु थपिदै गए, नगरको बिकाश र समंग्र देशको राजनीति लगाएतका कुरा गर्ने थलोको रुपमा रुपान्तरण हुदै युवाको जमघट बिहान बेलुकी निकै बाक्लिदै गयो । सामाजिक सञ्जाल फेसबुकमा यो समुहले गरेको पोट देखी चोक चौतारामा समेत यो गुपको चर्चा हुन थालेको थियो ।

त्यतिनै बेला निजगढमा मानव धर्म समाजको आश्रम भवन निर्माणको लागि महायज्ञ आयोजना भयो । मानव धर्म समाजको यो माहयज्ञमा दाताहरुले दान गरिरहेका थिए । पौडेलकै मार्ट अगाडी भएको माहयज्ञमा यो समुहले समेत दान गर्न भए ।

दान गर्दा व्यक्तिको नाम भन्दापनि यो समुहको नामबाट गरौं भन्ने प्रस्ताब युवाहरुले गर्न थाले अनी “कोर सि” आधिकारीक रुपमा जन्म भयो । यस संस्थाका नाममा उनीहरुले पन्ध्र हजार पन्ध्र रुपया दान गरी संस्थाको सुरुवात गरे । “Community Organization for Reform and Empowerment–Change” समाजको सुधार र परिवर्तनको निम्ति शक्तिका साथ प्रस्तुत हुने उद्देश्यबाट अभिप्रेरितभई स्थापित भएको “कोर सि” संस्थालाई विधिवत रुपमा दार्ताको प्रक्रयामा छन ।

निजगढका विभिन्न सामाजिक संस्थामा आबद्ध युवाको सक्रियतामा संस्था स्थापना भएको छ । निजगढ नगरका जेसीज, रोट्रयाक्ट क्लब, रोटरी क्लब, लायन्स क्लबलगायतका सामाजिक सङ्घसंस्थामा आबद्ध युवाको सक्रियतामा “कोर सि” संस्था स्थापना भएको हो ।

यस “कोर सि” संस्थाको रोजक पक्ष भनेको यस संस्थामा अध्यक्ष हुने छैन । यहाँ सभामुख पद राखिएको छ । पौडेलको मार्टमा यसको जन्म भएकाले यस संस्थाका समामुख समेत पौडेल चयन भए । त्यसपछि ईन्चाजमा इराज कोइराला, सह ईन्चाजमा जगत बहादुर न्यौपाने (गोकुल) र सल्लाहकारमा गोपाल लम्साललाई चयन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय