मध्यरातमा निजगढ नगरपालिका ८ स्थित खयरघारीमा प्रहरीले हवाई फायर गरेको छ । स्थानिय युवाहरुले खयरघारीमा रहेको शान्त प्रसाद दाहालको घरमा तोडफोड गरेको सुचना प्राप्त भएर पुगेको प्रहरी र करिव ५०, ६० जना युवाको समुहबिच विवाद बढेपछि स्थिति नियन्त्रण लिन प्रहरीले हवाई फायर गरेको जनाएको छ ।

स्थानिय युवाको समुह र प्रहरीबिच समेत हातपात भएको थियो । हातपातका क्रममा एक प्रहरी र एक युवा घाईते भएका छन भने ४ जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा खयरघारीका २० वर्षिय निसान राई, १९ वर्षिय निश्चल राई, २९ वर्षिय अगम प्रसाद दाहाल रहेका छन ।

घाईतेहुनेमा प्रहरी सहायक निरिक्षक रामचन्द्र यादब र समिर तामाङ्ग रहेका छन । प्रहरी सहायक निरिक्षक यादबको बाँया हातको कुईनोमा र तामाङ्गको टाउकोमा चोट लागेका दुबैको उपचार निजगढ ९ स्थित सामुदायिक प्रसुती अस्पतालमा भईहरेको प्रहरीले बताएको छ ।

शान्त प्रसाद दाहालको खेतमा रहेको परालको कुन्यौमा आगो लगाएको बिषयमा विवाद हुदाँ स्थानिय युवाले दाहालको घरमा तोडफोड गरेका हुन। बुधबार राति दाहलको असि बिगाहमा रहेको खोतको परालको कुन्यौमा करिब ३-४ जनाका युवाले आगो लगाएका थिए ।

त्यही बिषयको छानबिन गर्ने क्रममा एक युवाले बियरको बोतलले दाहाललाई प्रहार गरेपछि दाहालका छोराले प्रतिरक्षा गर्ने क्रममा सोही बोतलले ति युवालाई प्रहार गर्दा उनको टाउकोमा चोट समेत लागेको थियो । यही विवादले उग्ररुप लिदा युवाको समुहले दाहालको घरमा एकाएक तोडफोड गरेको हुन ।

घटनास्थलमा पुगेका प्रहरीले उनिहरुलाई सम्झाउने क्रममा ती युवाका समुहले प्रहरीको साथमा रहेको हतियार बन्दुक समेत खोस्ने प्रयास भएपछि स्थिति नियन्त्रण लिन प्रहरीले दुई राउड हवाई फाएर गरको हो ।

प्रहरीको हातहतियार समेत खोस्ने प्रयास भएपछि स्थिति नियन्त्रणका निम्ती ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख धनश्याम श्रेष्ठको कमाण्डमा ७ र सशस्त्र प्रहरी बल निजगढका सशस्त्र प्रहरी नायब उपरीक्षक दिनेश शर्माको कमाण्डमा १० जनाको थप मदतका निम्ती घटनास्थलमा पुगेको थियो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय