बाराको निजगढ नगरपालिकामा रहेको निजगढ तेक्वान्दो डोजाङ्गबाट सहभागी भएका ८ जना खेलाडी मध्यमा ४ जनाले मेडल हात पार्न सफल भए ।

उनीहरुले ३ स्वर्ण तथा १ कास्य पदक प्राप्त गर्न सफल भए ।

असोज ५–७ सम्म दशरथ रंगशाला कभर्डहलमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा निजगढ नगरपालिका ४ का प्रशान्त कुँवरले पुरूष क्याडेट वेटमा स्वर्ण पदक प्राप्त गरे भने सोही वडाका अंकित कुँवरले समेत पुरूष सब जुनियरमा स्वर्ण पदक हासिल गर्न सफल भए ।

यस्तै व्यक्तिगत जुनियर पुम्सेमा निजगढ ८ का सुरज कुमार साहले स्वर्ण पदक प्राप्त गरे भने जुनियर वेटमै निजगढ ८ का नरेश साह कानुले काँस्य पदक आफ्नो बनाउन सफल भए ।

नेपाल, भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानका खेलाडी सम्मिलित चौथो नेपाल खुला अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२३ असोज ५ देखी ७ गतेसम्म दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न भएको थियो ।

यो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो जहाँ नेपाल सहित भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानका गरी करिब ९०० खेलाडीबिचमा उनीहरुले पदक हात पार्न सफल भए ।

तर यस बिषयमा कसैको ध्यान जान सकेन, जसका कारण कतै तेक्वान्दोका खेलाडीलाई खेलाडी नै नसम्झोको भान हुदै आएको प्रशिक्षकहरुको गुनासो छ ।

राष्ट्रिय तेक्वान्दो संघ मधेश प्रदेश महासचिव सञ्जय श्रेष्ठ भन्छन, “हाम्रा खेलाडीहरूले पनि ९०० खेलाडीको भिडमा लडेर स्वर्ण र काँस्य पदक लिएर आएका थिए तर यहाँ त कसैलाई कुनै अत्तो पत्तो छैन, अब खेलाडीले पनि मेहेनत गरेर मेडल लिएर आउदा हजुर भन्दै खुट्टा मोल्नु पर्ने हो कि पार्टीको झोले बनेर झण्डा बोकेर दौडिन पर्ने हो? खेलकुद र खेलाडी पनि अब त पार्टीको हुन थाले छ ।” उनी सो प्रतियोगितामा निर्णायक (रेफ्री) को भुमिकामा थिए ।

कमजोर स्थतिको खेल मौदान तथा हलहरुको आभाबका बिच अविश्वसनीय नतिजा हासिल गर्न सक्ने खोलाडीलाई जनप्रतिनिधिले सम्मान व्यवहार समेत नगरेको देखिन्छ । उनले भने, “म कुनै खेलको बिरोध गरेको होईन, आफै सबै खोल हेर्ने र खोलाडीको मनोबल बढाउन लागी रहेको मान्छे भएर होला कुनै खेललाई लाखा र कुनै खेललाई पाखा गरेको मन नपरेको । उनले भने, “खेलाडी प्रोत्साहन गर्नु राम्रो हो तर यहाँ त खेलाडी पनि पार्टीको कार्यकर्ता जस्तो पो हुनु पर्ने देखियो आफ्नो हक अधिकार पाउन पनि, ८ जना गएकोमा ४ जनाले मेडल लिएर आएको छ त्यो पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नगरपालिकाले त खोजेर सम्मान गर्नु पर्ने हो तर बिडम्बना यहाँ त कसैलाई केही थाहै छैन, थाहा पाएकाहरू पनि केही गर्दिन पर्छ कि भनेर चुप छन् ।”

निजगढले पछिल्लो पटक खेलमा निकै राम्रो प्रगति हासिल गरिरहेको छ । निजगढका खोलाडीहरुले पटक पटक निकै राम्रो प्रगति हासिल गरिरहेको भएतापनि स्थानिए तहले उनीहरुको उचित व्यवस्थापन गर्न सकेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय