निजगढस्थित गौरीशंकर क्याम्पस व्यवस्थापन समितिको निर्वाचनमा वर्तमान अध्यक्ष एकबहादुर श्रेष्ठ र निजगढका व्यवसायी रामचन्द्र जैसवालले बराबर मत प्राप्त गरेपछि गोलाप्रथाबाट विजेता टुंगो लगाइएको छ।

उम्मेदवार श्रेष्ठ र उम्मेदवार जैसवालले बराबरी २९ मत प्राप्त गरेपछि गोलाप्रथाबाट विजेताको टुंगो लगाएको हो ।

गोलाप्रथाका निम्ति सिक्काको सहायता लिएको थियो जसमा वर्तमान अध्यक्ष श्रेष्ठ ‘भाग्यमानी’ सावित भएका हुन् ।

सदस्यहरुमा सर्वाधिक मत सहित युवा पत्रकार प्रलाद शर्मा तिमल्सिना विजयी भएका छन उनले ३३ मत प्राप्त गरेका थिए ।

यस्तै सदस्यहरुमा निशा भण्डारीले ३१ मत, राम कुमार शर्मा दाहालले ३१ मत र मनोज कुमार रेग्मीले ३० मत प्राप्त गरी निर्वाचित भएका हुन ।

यता सदस्यका प्रत्यासी सुभद्रा नेपालले २५ मत, अभिषेक शर्माले २९ मत, ऋिषी अधिकारीले १९ मत र कर्ण बहादुर लामाले २७ मत प्राप्त गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय