सांगितिक आकाशमा आफ्नो फरक पहिचान बनाउदै आएकी शुसिला बराल दर्शक र श्रोतामाझ एउटा चिरपरिचित नाम हो । राम्रो आवाजका धनी भएकै कारण नेपाली सागितिक क्षेत्रमा आफनो नयाँ नयाँ सिजनाले दिन प्रतिदिन चर्चा समेत हुदै आएको छ ।

नेपाली गित संगितको बजार दिन प्रतिदिन धारासाहि बन्दै गएको अवस्थामा नेपाली गित संगितलाई हामीलेनै बचाएर राख्नुपर्छ भन्ने सोचका साथ बरालले यस क्षेत्रमा आफनो कर्म क्षेत्र बनाउने निकै मिहिनत समेत गर्दै आएकी बारालले भजन देखि सुगम संगितमा समेत अब्बल सबित गर्दा आफ्नु पस्तुतिले दर्शक श्रोतामाझ लोकप्रीयता बढाउन सफल भएकी हुन ।

बरालले गित गाउने मात्र नभैकन उनि आफैपनि फुर्सदको बेलामा शब्द लख्छिन । आफनो आवाजलाई संगितिक माध्यमबाट प्रवाह गर्न पाउदा आफुलाई वेग्लै हौसला मिलेको बराल बताउछिन ।

संगीतमा स्नातक गर्दैरहेकी उनले नेपाली सगित श्रोत्रमा आफ्नो पहिलो गित जुनुजुनी बाटनै जेनियस म्युजिक अवार्ड २०७८ बाट उत्कृष्ट गायिकाको रुपमा अवार्ड हासिल गरिन ।

बरारले हाल सम्म सार्बजनिक गरेका अधिकास गितमा उनीकै शब्द पाउन सकिन्छ । बरालले हालसम्म तिमिले हेरेर, तिम्रो आँखाको इसाराले, यो सास अल्झियो, मायाले हेरन कान्छा, रातो रातो सारीमा जस्ता कर्णप्रीय गितहरु बजारमा आइसकेको छ ।

सृजनामा बिविधता रुचाउने बरालले आधुनिक, पप, लोक तथा तिजका गितहरु पनि बजारमा ल्याईसकेकी छिन ।

बारा निजगढ नगरपालिका वडा नम्बर ९ निवासी बराल २०७८ सालदेखि आफ्नो साङ्गितिक यात्रामा अनवरत लागिरहेकी अनीले हाल एक भजन सार्वजनिक गरेकी छिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय