बाराको निजगढ नगरपालिकाका बोधदिप तिमल्सिनाले एक दिनमा एक सय एक बिमालेख जारी गर्दै कृतिमानी हासिल गरेका छन् ।
भदौ १ गते उनले एक दिनमा एक सय एक बिमालेख जारी गर्दै नयाँ कृतिमानी राख्न सफल भएका हुन ।
सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड, हेटौंडा शाखामा आबद्ध चिफ एजेन्सी म्यानेजर रहेका तिमल्सिनाले एकैदिन एक सय एक जनाको बिमा गरेर सो कृतिमान हात परेको उनले जानकारी दिए ।
नेपालमा एकैदिन यति थेरै मानिसको बिमा भएको यो पहिले रहेको बिमा संचालकहरुको भनाई रहेको छ ।