अधिवक्ता भगवती पाण्डे शितललाई कारबाही गर्नुपर्ने माग गर्दै नेपाल तामाङ घेदुङ संघ र नेपाल मगर संघले सोमबार जिल्ला प्रशासन कार्यालय बारामा संयुक्त ज्ञापन पत्र बुझाएको छ ।

नेपाल तामाङ्ग घेदुङ्ग बारा जिल्ला समितिका अध्यक्ष एवंम निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सूर्यबहादुर घलान, नेपाल मगर संघका बारा जिल्ला अध्यक्ष पानबहादुर रानामगरमगर नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी नवराज सापकोटामार्फत ज्ञापन पत्र बुझाएको हो ।

प्रजिअ सापकोटालाई ज्ञापन पत्र बुझाउनुअघि अधिवक्ता पाण्डेमाथि कारबाहीको माग गर्दै सहभागीहरुले कलैया बजारमा नाराजुलुससमेत प्रदर्शन गरेका थिए ।

ज्ञापनपत्रमा तामाङ र मगर समुदायलाई अपराधीकरण गर्ने गरि विवादास्पद अभिव्यक्ति दिने अभिवक्ता पाण्डेलाई कानून बमोजिमको कारबाही गर्नुपर्ने, शान्तिपूर्ण आन्दोलनमा आफ्नो माग राख्ने क्रममा अभियान्ताहरुलाई नियन्त्रणमा लिएर अनावश्यक बल प्रयोग गरी चरम यातना दिने प्रहरीलाई कारबाही गर्नुपर्ने र साउन ४ गते आन्दोलनमा प्रहरीको चरम यातना तथा निर्घात कुटपिटबाट घाईते भएका दर्जनौ अभियन्ताहरुलाई उपचार खर्चसहित उचित क्षतिपूर्तिको माग गरिएको छ ।

अधिवक्ता पाण्डेमाथि कारबाहीको माग गदै तामाङ घेदुङ र मगर संघ देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय