निजगढ नगरपालिकाले आँखा पाक्ने रोगीका बिरामीहरुलाई निशुल्क औषधीको ब्यबस्था गर्ने भएको छ ।
निजगढमा पनि केही दिनदेखि आँखा पाक्ने रोगको प्रकोप बढेपछि नगरपालिको निशुल्क औषधीको व्यवस्था गरेको हो ।
आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि निजगढ नगरपालिकाले नगरभित्रका सवै स्वास्थ्य चौकी, अस्पतालमा निशुल्क औषधीको व्यवस्था गरेको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताए ।
उनले रोगको संक्रमण भएपछि आँखा रातो हुने, चिलाउने वा चिपचिप हुने जस्ता लक्षण देखा पर्ने बताए ।
स्वास्थ्य शाखा प्रमुख लामाले आफू खुशी औषधी प्रयोग गर्दा समस्या थप जटिल हुने भएकाले स्वास्थ्यकर्मीको सल्लाहामात्र औषधिको प्रयोग गर्न सुझाव दिए ।



