पूर्वपश्चिम राजमार्ग अन्तर्गत निजगढ पूर्वको धन्सार पुल नजिकबाट बेवारिसे अवस्थामा फेला परेकी भारतीय महिला छोटिकुमारी र शिुशुलाई प्रहरीले हिजो आफन्तको जिम्मा लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय कलैयाले भारती महिला छोटीकुमारी र उनको सवा २ महिनाको छोरालाई माइतितर्फबाट आएकी दिदी रितु देवीसहित आफन्तको जिम्मा लगाएर पठाएको हो ।

महिला र शिशुलाई भारतको मोतिहारी पिपरागाउँ स्थित माइतिघरमा पठाइएको जिल्ला प्रहरी कार्यालयका बालबालिका तथा महिला सेलका प्रहरी सहायक निरीक्षक सन्जय यादबले जानकारी दिए । उनले श्रीमती र शिशुलाई बेवारिसे अवस्थामा निजगढको जंगलमा ल्याएर छोडने पती गुड्डु सिंहमाथि कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयको तर्फबाट मोतिहारीको हारना थानाको प्रहरी कार्यालयमा पत्राचार गरेको पनि जनकारी दिए ।

प्रहरीका अनुसार गुड्डुले छोटीकुमारीलाई डेढ वर्षअघि भगाएर दोस्रो विवाहा गरेका थिए ।

त्यसपछि दुबै जना भारतको जयपुरमा बस्दै आएकोमा बच्च जन्मिएपछि गुड्डुले मोतिहारी घरमा लैजान्छु भनेर आमा र शिशु दुबैलाई नेपालमा ल्याएर बेहोस पारेर जंगलमा छोडेको पाइएको प्रहरी सहायक निरीक्षक यादवले जानकारी दिए ।

गत मंगलवार निजगढ पूर्वको धन्सार पुल नजिक सडक किनारामा बेवारिसे अवस्थामा शिशु फेला पारेको निजगढ प्रहरीले भोलिपल्ट आमा छोटीलाई पनि बेवारिसे अवस्थामा नै फेला परेपछि दुबैलाई जिल्ला प्रहरी कार्यालयमा बुझाएको र उनीहरुलाई प्रादेशिक अस्पताल कलैयामा चिकित्सकको निगरानीमा राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय