निजगढ नगरपालिका वडा नम्बर– ८ खयरघारीकी मृगौला पीडित अन्जनी कुशवारको उपचारका लागि निजगढमा आर्थिक संकलन गर्ने क्रम जारी रहेको छ ।

अन्जनीको उपचारको लागि साविक निजगढ गाविस वडा नम्बर १ का पूर्व वडा अध्यक्ष एवंम समाजसेवी घनश्याम लम्साल र निजगढ नगरपालिका वडा नम्बर ९ की वडा सदस्य बबिता श्रेष्ठले आर्थिक सहयोग गरेको हो ।

रेडियो निजगढको कार्यालयमा एक कार्यक्रमबीच समाजसेवी लम्सालले ३ हजार र वडा सदस्य श्रेष्ठले १ हजार ५० रुपैया नगद सहयोग गरेका हुन । अन्जनीका मामा कृष्ण विकलाई लम्सालले सो रकम हस्तान्तरण गरेका थिए ।

त्यसैगरी साथी सहकार्य युवा क्लब निजगढ ८ का युवाहरुले पनि अन्जनीको उपचारमा आर्थिक सहयोग जुटाउन सांगितिक प्रस्तुती सुरु गरेका छन । युवाहरुले आयोजना गरेको कार्यक्रमबाट २ दिनभित्र ४९ हजार १ सय ६० रुपैया सहयोग संकलन भएको क्लबका अध्यक्ष विपुल लामाले जानकारी दिए।

युवाहरुले अन्जनीको उपचारमा सहयोगको अपील गर्दै हिजो निजगढ हाटबजार र अस्ति निजगढ सहिद चोकमा सांगितिक प्रस्तुती दिएका थिए । कार्यक्रमबाट संकलन भएको रकम अन्जलीको परिवारलाई हस्तान्तरण गरिने अध्यक्ष लामाले बताए ।

कमजोर आर्थिक अवस्थाकी अन्जनीको हाल काठमाण्डौंस्थित वीरअस्पतालमा डाइलासिस भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय