निजगढ नगरपालिका–१ धन्सार पुल नजिकैको जंगलमा करिब ४-५ महिनाको बालक बेबारिसे अवस्थामा फेला परेका छन्।

बालाक महेन्द्र राजमार्ग अन्तर्गत बारा-रौतहट सडकखण्डको धन्सार पुल नजिकैको जंगलमा मंगलबार बिहान फेला परेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।

जनकपुर- बीरगंज चल्ने बसका यात्रुले बेवारिसे अवस्थामा बच्चा रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। बालकलाई बिहान जंगलमा छाडेको हुनसक्ने उनको प्रहरीको अनुमान छ।

बालकलाई उद्धार गरी जिल्ला अस्पताल कलैयामा राखिएको छ। बच्चाको अभिभावकको खोजी तथा अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय