
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन सक्ने भन्दै निजगढ नगरपालिकाका सम्पूर्ण बजार बन्द गरिने भएको छ।
आज नगरपालिकाको सभा हलमा बसेको बैठकबाट पूर्ण रुपमा बजार बन्द गरिने निर्णय गरेको हो ।
निजगढ नगरपालिकाका मियर सुरेश कुमार खनालको अध्यक्षतामा आज बसेको आकस्मिक बैठकमा निजगढ उद्योग बाणिज्य संघका सम्योजक राम कृष्ण नेपाल, सदस्य दीपेन्द्र श्रेष्ठ, ज्ञानेन्द्र चौलागाईं लगायत व्यवसायीहरुको समेत सहभागि रहेको थियो ।
उक्त बैठकले सम्पूर्ण व्यापार तथा व्यवसाय ७ दिनको लागि बन्द गर्ने निर्णय गरिएको छ । त्यस्तै बैठकले निजगढमा औषधि पसल बाहेक सम्पुर्ण पसलहरु बन्द गरिने पनि निर्णय गरेको छ ।
बैठकले विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलन नदिन सबै व्यापार, व्यवसाय, बजार, उद्योग बन्द गर्ने निर्णय गरेको हो।
अन्य क्षेत्रबाट निजगढ भित्र खाध्यान्न तथा अन्य सामाग्रीमा बन्देज लगाउने निर्णय
छिमेकी जिल्ला पर्सा र रौतहटमा कोरोना भाईरसको संक्रमण पुष्टि भएपछी निजगढ नगरपालिकाले सतर्कता बढाएको छ ।
कोरोना भाईरस विपद न्यूनीकरण समन्वय तथा अनुगमन समिति निजगढका संयोजक मेयर सुरेशकुमार खनालको सभापतित्वमा आज सम्पन्न बैठकले नगर बाहिरबाट आयात हुने खाध्यान्न, तरकारी, माछामाशु तथा अन्य सामाग्रीमा बन्देज लगाउने निर्णय गरेको छ ।
कोरोना भाईरस संक्रमित क्षेत्र भारत, बिरगंज लगायत अन्य क्षेत्रबाट निजगढ भित्र खाध्यान्न, तरकारी, माछामाशु तथा अन्य सामाग्रीहरु आयात हुने भएकाले कोरोना भाईरस भित्रिने सम्भावना औल्याउँदै तत्कालका लागी आयातमा प्रतिबन्ध लगाइएको मेयर खनालले बताए ।
यसैगरी नगर भित्र दुईजना भन्दा बढी जम्मा हुन नदिने समेत बैठकमा निर्णय भएको छ ।
अत्यावश्यक काम बाहेक दुईजना भन्दा बढी मानिसहरु एकै ठाउमा भेला हुन नदिने बैठकले निर्णय गरेको हो ।