निजगढ नगरपालिकाबाट निजगढ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मंगल लोप्चनले २०७८ जेठ ४ गते नगरपालिकाबाट एक थान ल्यापटप लगे । त्यसको केही समयपछी पुन: वडा अध्यक्ष लोप्चनले अर्को गरी दुई ल्यापटप नगरपालिकाबाट बुझेर वडा लागेको नगरपालिकाको जिन्सी शाखाको रेकडमा देखिन्छ ।

वडामा आउने वडा बासिन्दाको सिफारिस, नाता प्रमाणित, चारकिल्ला प्रमाणित, जन्म दर्ता, मृत्‍यु दर्ता लगाएतका प्रायोजनका निम्ती लगिएको दुई वटा ल्यापटप हाल वडा कार्यालयमा भने देखिदैन ।

वडा नं १ का वडा सचिव हिरा रानामगरले समेत वडा कार्यालयमा कुनै ल्यापटप नभएको सुइकार गरे । यता नगरपालिकाले वडा कार्यालयको काम–काजको लागि प्रयोगका माग गरे अनुसार दिएको ल्यापटप कहाँ छ भनेर स्थानिय पत्रकार प्रलाद तिमल्सिनाले खोजी गर्दै जादा वडा अध्यक्ष लोप्चनले आफन्तलाई दिएको उनका समाचार श्रोतले दाबी गरेपछी मगलवार प्रेसचित्र अन्लाईनमा “निजगढ नगरपालिकाको ल्यापटप वडा अध्यक्ष लोप्चनले दिए आफन्तलाई” भन्ने शिर्शकमा समाचार आएपछी यो घटनाको उजागर भयो ।

निजगढ नगरपालिकाले खरिद गरेको ल्यापटप वडा अध्यक्षले कसरी पत्रकारलाई दिए अनी तत्कालिन वडा सचिबले किन फिर्ता गरेनन प्रयोग गरेको ल्यापटप भन्ने जस्ता प्रश्नले हाल सामाजिक सन्जालमा व्यापक बिरोध भाईरहेको छ ।

आखिर कहाँ छ वडा एकमा भएको दुई ल्यापटप?

वडा अध्यक्ष लोप्चनले निजगढ न्युजसँग कुरा गर्दै भने निजगढ नगरपालिकाले खरिद गरेको ल्यापटप मध्यबाट दुई वटा ल्यापटप १ नम्बर वडामा कार्यालय प्रायोजनका निम्ती वडा कार्यालयले नगरपालिकासँग माग गरे बमोजिम नगरपालिकाले उपल्ब्ध गराएको सुइकार गरे ।

दुई वटा ल्यापटप मध्य एउटा ल्यापटप तत्कालिन वडा सचिब जीवन गौतमलाई कार्यालय प्रायोजनका निम्ती दिएको र अर्को ल्यापटप स्थानिय पत्रकार बुद्धी बहादुर बोम्जन (बसन्त लामा)लाई समाचार संप्रेषणका निम्ती वडामा आवश्यक परेको बेलामा फिर्ता लिने गरी दिएको वडा अध्यक्ष लोप्चनले बताए ।

वडा अध्यक्ष लोप्चनका अनुसार वडामा कार्यालय प्रायोजनका निम्ती तत्कालिन वडा सचिब गौतमलाई जिम्मा लगाएको याच्पि ल्यापटप तत्कालिन वडा सचिब गौतमलाई पुन नगरपालिकाको कार्यालयमा फिर्ता बोलाएको र सो समयबाट गौतम आँफैले लगेको बताए ।

कहाँ छ तत्कालिन वडा सचिब गौतमले प्रयोग गरेको ल्यापटप?

तत्कालिन वडा सचिब गौतमले प्रयोग गरेको सो ल्यापटप हाल नगरपालिकाको कामकार्यमा प्रयोग भएरहेको निजगढ नगरपालिकाको जिन्सी शाखा प्रमुख रिजा पोखरेलले जानकारी दिइन । सो ल्यापटप गौतमले नगरपालिकाको कार्यालयमा फिर्ता बोलाए लगतै जिन्सी शाखामा जिम्मा लगाएको जिन्सी शाखा प्रमुख पोखरेलले बताइन । नगरपालिकाले कर्मचारीलाई कार्यालय प्रायोजनका निम्ती प्रयोग गरेका सामाग्री आफ्नु सरुवा वा अन्य निकायमा खटाउदा पुन: नगरपालिकाको जिन्सी कार्यालयमा बुझाउने गरिन्छ तत्कालिन वडा सचिब गौतमले समेत त्यही गरे ।

कहाँ छ स्थानिय पत्रकार बसन्त लामालाई दिएको ल्यापटप ?

निजगढ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मंगल लोप्चनले २०७८ जेठ ४ गते नगरपालिकाबाट ल्यायको ल्यापटप कारीब ८ महिना पछी २०७९ साल बैशाख ९ गते स्थानिय निर्वाचनको बेलामा पुन: वडा कार्यालयमा तत्कालिन वडा सचिब गौतमलाई सो समान फिर्ता गरे । नगरपालिकाको सामाग्री फिर्ता नगरे उनी निर्वाचनमा भाग लिन पाउदैनन भन्ने समेत हेक्का उनमा थियो त्यही कारण वडा बाहिर रहेको ल्यापटप पुन वडा कार्यालयमा बुझाईएको देखिन्छ । उनले ल्यापटपसगै आफुले प्रयोग गर्दै आएको रेड्मी नाइन प्रो एनड्रोइड मोवाइल समेत फिर्ता गरे ।  उनी वडा अध्यक्षमा पुन: निर्वाचित भएपछी पुन: उनले मोवाइल आफु लिनछन र पछिल्लो पटक नगरपालिकाबाट लिएको ल्यापटप स्थानिय पत्रकार बुद्धी बहादुर बोम्जन (बसन्त लामा)लाई जिम्मा दिनछन ।

किन वडाले दियो स्थानिय पत्रकार लामालाई ल्यापटप ?
वडा अध्यक्ष लोप्चनले स्थानिय पत्रकार बुद्धी बहादुर बोम्जन (बसन्त लामा)को घरको अर्थिक अवस्था निकै कम्जोर रहेको र साबिक भरतगंज सिंगौलबाट उनले गाउका कमी-कमजोरीको उथान गरिरहेको हुँदा उनको सायताका निम्ती ल्यापटप दिएको बताए । उनले वडाले आवश्यक परेको बेलामा पुन: फिर्ता लिने सर्तमा दिएको बताए ।

यता वडा कार्यालयको ल्यापटप स्थानिय पत्रकार बुद्धी बहादुर बोम्जन (बसन्त लामा)लाई दिइएको ल्यापटप पुन: वडा कार्यालयमा बुझाउन पत्रचार समेत गरिसकेको वडा अध्यक्ष लोप्चनले जानकारी दिए ।

१) मिती २०७९/०१/०९ मा वडा सचिब जीवन गौतमले ल्यापटप र मोबाईल बरबुझारथ गरेको जानकारी निजगढ नगर कार्यपालिकालाई दिएको पत्र

२) वडा कार्यालयले मिती २०७९/०३/१४ गते पत्रकार बुद्धी बहादुर बोम्जन (बसन्त लामा)लाई वडाले ल्यापटप दिएको भरपाई 

३) ल्यापटप काण्डमा वडा अध्यक्ष मंगल लोप्चनले दिए स्पष्टिकरण (भिडिओ)

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय