निजगढ नगरपालिकाको सीमानाभित्र पर्ने भएपनि हाल हेटौडा उपमहानगरपालिकामा रहेका दुई वटा बस्तिलाई निजगढमा सामेल गराउन पर्ने माग उठन थालेको छ ।

बारा जिल्लाको सिमा भित्र पर्ने हेटौडा उपमहानगरपालिकाको आकासधारा र पानीसरा बस्तिलाई निजगढ नगरपालिकामा कायम गरिनुपर्ने निजगढका लेखापढी व्यवसायी बद्री बडालले माग गरेका छन ।

साविक मकवानपुर जिल्लाको हटिया गाउँ पन्चायत वडा नम्बर ८ को उक्त बस्तिलाई नेपाल सरकारले २०३५ सालमा राजपत्रमा सूचना प्रकाशित गरेर बाराको मनहर्वा गाउँपन्चायतमा समावेश गर्ने भनेर गरेको निर्णयको आधारमा उक्त बस्तिलाई निजगढमा गाभ्नु पर्ने बडालको भनाइ छ ।

राजपत्रमा हटियाको आकासधारा, पानीसारा र डम्बरपुरलाई बाराको साविक मनहर्वा गाउँपन्चायत र मकवानपुरकै रातोमाटे पन्चालय वडा नम्बर १ को विरेदमारलाई अमलेखगन्जमा समावेश गर्ने सूचना जारी भएको  थियो ।

साही सूचनाअनुसार रातोमाटेको विरेदमार र हटियाको डम्बरपुर अमलेखगन्ज र मनहर्वामा गाभिएको भएपनि निजगढमा पर्ने आकासधारा र पानीसरा बस्ति अझै पनि मकवानपुरमा नै रहेको छ । मनहर्वा गाउँपन्चायत विभाजन भएर रतनपुरी गाउँपन्चायत गठन भएपछि चुरे क्षेत्रमा पर्ने उक्त बस्तिहरु राजपत्रमा प्रकाशित सूचना अनुसार हाल निजगढ नगरपालिकाभित्र पर्ने बडालको भनाइ छ ।

उक्त बस्ति निजगढभित्र कायम गर्न निजगढ नगरपालिकाले पहल सुरु गर्नुपर्ने बडालले बताए ।

त्यसैगरी निजगढका पुस्तक व्यवसायी सागर थोकरले पनि सामाजिक सन्जाल फेसबुकमा टिप्पणी लेखेर राजपत्रको सूचना अनुसार निजगढ नगरपालिकाको आफ्नो भुभागभित्र बसोबास गर्ने जनता र सो क्षेत्रको जल, जमिन र जंगलको संरक्षण गर्ने कार्य तत्काल सुरु गर्न निजगढ नगरपालिका कार्यालयसंग आग्रह र अनुरोध गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय