निजगढ नगरपालिकाका कर्मचारीहरुको लागि क्षमता विकास अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, ललितपुरको सहयोगमा नगर कार्यपालिकाको कार्यालय, निजगढमा कार्यरत कर्मचारीहरु र वडा सचिवहरुको लागि आयोजित ३ दिने कर्मचारी क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको हो ।

उक्त प्रशिक्षण कार्यक्रममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका उपनिर्देशक कृष्णप्रसाद भट्टराई र अनुसन्धान अधिकृत टापेन्द्रप्रसाद रिजालले स्थानीय तहमा संस्थागत क्षमता स्वमूल्याङ्कन, योजना तर्जुमा प्रक्रिया, बैठक व्यवस्थापन, प्रस्तावना तथा प्रतिवेदन लेखन लगायतका विषयमा कर्मचारीहरुलाई प्रशिक्षण गरेका थिए ।

सो कार्यक्रममा सहभागी कर्मचारीहरुलाई योग गुरु श्री राजेश खड्काले योग, प्रणायम, ध्यान, तनाव व्यवस्थापन, सकारात्मक सोच लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

तालिमको समापन समारोहमा सहभागीहरु मध्येबाट सहायक पाँचौ श्रेणीका कर्मचारी जीवन गौतम र एम.आई.एस.अपरेटर मन्दिरा आचार्यले तालिममा सिकेका ज्ञान, सीपका बारेमा आफ्नो अनुभव सुनाएका थिए ।

तालिम समापन कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाले कर्मचारीको क्षमता अभिवृद्धि तालिमले कर्मचारीहरुलाई उच्च मनोवलका साथ सार्वजनिक सेवा प्रवाह गर्न थप टेवा पुग्ने बताए ।

नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको समापन समारोहमा तालिममा सहभागी कर्मचारीहरुलाई प्रमाणपत्र वितरण गर्नुहुँदै उनले नगरपालिकामा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि तालिम संचालन गर्न सहयोग गर्नुहुने स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई धन्यबाद दिए ।

नगर प्रमुख पुरीले निजगढ नगरपालिकाले आगामी दिनमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानसँग साझेदारी गर्दै कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि थप कार्यक्रम संचालन गर्ने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय