लायन्स क्लब अफ निजगढ र लायन्स क्लब अफ निजागढ पिसको आयोजनामा निजगढ ४ स्थित शहिद हिरालाल पार्कमा र मोहोरी पार्कमा शनिवार वृक्षारोपण गरिएको छ ।

वृक्षारोपणको अवसरमा फूल प्रजातिका २ सय ५० बिरुवा रोपिएको लायन्स क्लब निजगढका पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गको प्रमुख उपस्थितिमा भएको सो कार्यक्रममा जोन चियर पर्शन विष्णुगोपाल, लायन्स क्लब निजगढका पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठ, लायन्स क्लबका पूर्व क्याबिनेट चियर पर्शन खडग उप्रेती, सुरक्षाकर्मी, स्थानीय वन उपभोक्ता समितिका पदाधिकारीहरु र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ निजगढका अध्यक्ष अरुण सर्राफ र पिसका अध्यक्ष बुद्ध लामाले गरेका थिए ।

कार्यक्रममा बोल्दै उपप्रमुख थिङ्गले लायन्स क्लबले निजगढमा सहहनीय कार्य गर्दैआएको भन्दै नगरपालिका कार्यालय क्लबसंग सहकार्य गरेर समाजसेवाको कार्यमा अघि बढन तयार रहेको बताईन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय