
निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको फाएर उड सेकुवा तन्दुरी भान्छाघरले ग्राहकलाई मासिक प्याकेजमा खाजा खुवाउने योजना ल्याएको छ ।
अफिस तथा कार्यालयका कर्मचारीलाई लक्षित गरेर खाजामा मासिक प्याकेज ल्याएको रेष्टुरेण्ट सञ्चालकले बताए ।
महिनाको प्याकेजमा २६ दिन खाजा खुवाउने र बार अनुसार फरक खाजा डेलिभरिको समेत व्यवस्था रहेको छ । दिउसो १ बजे बाट ३ बजेसम्मका लागि तय गरिएको यो मासिक प्याकेज प्याकिङ्गको लागि मात्र उपलब्घ गरिएको बताईएको छ ।
शनिवार भने कार्यालयहरु बन्द हुने भएकाले शनिवार भने यो प्याकेजको उपलब्ध नहुने सञ्चालक कुमार खड्काले बताए ।
फाएर उडबाट खाजा खाँदा अफिसमा काम गर्ने कर्मचारीले सुपथ मुल्यमा स्वच्छ सफा र गुणस्तरीय खाजा खान पाउने सञ्चालक खड्काले सुनाए ।
अफिस तथा कार्यालयका कर्मचारीलाई खाजा खाने समय कम हुने र कम तलब भएकाले समेत कम शुल्कमा हरेक दिन फरक परिकारका भेज खाजा मात्र मासिक १ हजार ७ सयमा दिन लागिएको सञ्चालक खड्काले जानकारी दिए ।
सधैं गोजीमा पैसा नहुनेहरुका लागि पनि महिनाको प्याकेजमा खाजा खाँदा सजिलो हुने सञ्चालक खड्काले बताए ।