निजगढ नगरपालिका वडा नम्बर २ सिंगौलमा यौन दुर्व्यवहार आरोपमा एक युवक पक्राउ परेका छन् ।

प्रहरीले बाल यौन दुर्व्ययहार गरेको आरोपमा निजगढ नगरपालिका वडा नम्बर २ सिंगौलका मनोज राईलाई पक्राउ गरेको हो ।

गत असार २५ गते राईले १३ वर्षीया बालिकालाई यौन दुव्र्यवाहर गरेको आरोप छ । उनले सोमबार पसलमा रहेकी बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा निवेदन परेको थियो ।

घटनामाथि थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालयले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय