निजगढ नगरपालिका वडा नम्बर ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठन अनिश्चित बनेको छ । समिति गठन गर्न भनेर पटक पटक बोलाइएको अभिभावक भेला स्थगित हुदा समिति गठन कार्य पनि अनिश्चित बन्दै गएको हो ।

निजगढ नगरकार्यपालिकाले ६ महिनाअघि वडा अध्यक्ष स्वर्ण लामाको अध्यक्षतामा गठन गरेको सर्वदलीय समितिको म्याद सकिएपछि नयाँ समिति गठनको लागि विद्यालयले गत मंगलवार बोलाएको भेलामा सहमति हुन नसकेपछि

बिहिबारको लागि अर्को भेला बोलाइएको थियो । बिहिबार स्थगित भएको अभिभावक भेला सोमवारको लागि फेरि बोलाइएको विद्यालय प्रशासनले जनाएको छ ।

यसअघि पटकपटक भएको अभिभावक भेलाले नयाँ समिति चयन गर्न नसकेपछि नगरपालिकाले अभिभावक भेलाबाट नयाँ समिति गठन र विद्यालयका अन्य अत्यावश्यक काम संचालन गर्न भनेर गत मंसिर २८ गते वडा अध्यक्ष लामाको अध्यक्षतामा समिति गठन गरेको थियो ।

अभिभावक भेलाबाट नयाँ समिति गठन गर्न नपाउदै समितिको म्याद सकिएपछि भेला डाकिएको थियो । भेलामा अभिभावहरु मध्येबाट चयन गरिनुपर्ने ४ जना सदस्यहरुको लागि स्थानीय राजनीतिक दलको तर्फबाट ५ दर्जनभन्दा बढीले दाबेदारी पेस गरेपछि सहमति हुन सकेको थिएन ।

नेकपा एमाले, नेपाली कांग्रेश, माओवादी केन्द्र, राप्रपा, रास्वपा र जनमत पार्टीका कार्यकर्ताहरुले आफू निकटलाई सदस्यको लागि अघि सारेका थिए । अभिभावकहरुको तर्फबाट पनि केहीले सदस्य पदमा स्वतस्फुर्त दाबी पेस गरेका छन । सबै दलले समितिमा आफू निकटका मानिस चयन हुनुपर्ने अडान लिदै आएका छन ।

विद्यालय व्यवस्थापन समिति गठनमा राजनीतिक दलका कार्यकर्ताहरुको अडानले समिति गठन हुन नसकेको अभिभावकहरुको भनाइ छ । दलीय सहमति हुन नसक्दा वर्षौदेखि विद्यालय व्यवस्थापन समिति बिहीन हुन पुगेको र पठनपाठन तथा अन्य क्रियाकलामा समेत प्रभाव पर्दैआएको उनीहरुले गुनासो गरेका छन ।

एकजना अध्यक्ष सहित ९ सदस्यीय समितिको लागि अभिभावकहरु मध्येबाट प्रारम्भिक चरणमा ४ जना सदस्य चयन गर्नुपर्ने शिक्षा नियमावलीले व्यवस्था गरेको छ । तिनै सदस्यहरुले बैठक बसेर थप २ जना सदस्य मनोनीत गर्ने नियमावलीमा प्रवन्ध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय