४ दिनअघि आएको हावा हुरीले केराको बोट ढलेपछि बाराको निजगढका किसानहरुको करोडौं मूल्य बराबरको क्षति भएको छ ।

मंगलवार साँझ आएको हुरीले पाक्न लागेको केराको बोट ढालेर नष्ट गरेपछि किसानहरुलाई क्षति पुगेको हो ।

निजगढका किसानले रोपेकोे केरामध्ये करिव ७० प्रतिशत केरा हुरीले ढालेर नष्ट पारेको निजगढ ९ का किसान माधव न्यौपानेले बताए । आफूले खेती गरेको १५ बिघा मध्ये ५० देखि ९० प्रतिशतसम्मको केरा बालीमा क्षति भएको न्यौपानेले बताए । उनले आफ्नो मात्रै ४० लाखभन्दा बढी मूल्यको केरामा नोक्सानी भएको बताए ।

न्यौपानेका अनुसार निजगढका अन्य किसानको केराबालीमा पनि हुरीले उत्तिकै क्षति भएको छ ।

सरकारले यो वर्ष केराबाली हुने नोक्सानीमा बिमाको व्यवस्था नगरेकाले किसानहरु थप मार्कामा परेको अर्का किसान मानबहादुर श्रेष्ठ बताए ।

सबै कागजपत्र तयार पारेर बुझाउदा पनि कम्पनीले यसपटक केरा खेतिको बिमा गर्न नमानेको उनको भनाइ छ ।

केराको बिमा गर्ने पोलिसी नभएकोले बताउदै कम्पनीले बिमा नगरेको हो । अघिल्लो वर्ष हुरीले क्षति पुर्याएपछि किसानले बिमा कम्पनीसंग क्षेतिपुर्ति बापत ठुलो धनराशी दाबी गरेपछि कम्पनीले केराको बिमा गर्ने पोलिसी रोकेको किसानहरुको भनाइ ।

निजगढमा ५ सयभन्दा बढी किसानले सयौं हेक्टर जमिनमा खेरा खेती गर्दै आएका छन ।

अन्य बालीभन्दा केरामा राम्रो आम्दानी हुने भएपछि किसानहरु केरा खेतीतर्फ आकर्षित भएका हुन ।

तर हावाहुरीका कारण स्थानीय किसानले मार्का बेहोर्नुपर्ने आवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय