सामुदायिक वन उपभोक्ता महासंघ बाराको अध्यक्षमा रामजी बजगाई सर्वसम्मत रुपमा चुनिएका छन । निजगढ नगरपालिका वडा नम्बर ७ का पूर्व वडा अध्यक्ष बजगाई दोस्रो कार्यकालको लागि महासंघको बारा जिल्ला अध्यक्षमा चुनिएका हुन ।

पथलैयामा भएको महासंघको सातौं जिल्ला अधिवेशनले बजगाईको अध्यक्षमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले महासंघको उपाध्यक्षमा बासुदेब तिमल्सिना, महासचिवमा सरस्वती सिलवाल, सचिव दिपक श्रेष्ठ, कोषाध्यक्ष गीता घले र सदस्यहरुमा नारायण दुलाल, यशोधा बुढाथोकी लगायतलाई चयन गरेको हो ।

महासंघ केन्द्रीय सचिवालय सदस्य भरत घलेको प्रमुख आतिथ्यमा भएको सो अधिवेशनमा केन्द्रिय सदस्य गुन्जबहादुर खड्का, महासंघका मधेस प्रदेश अध्यक्ष सोमप्रसाद शर्मालगायतको उपस्थिति रहेको थियो ।

बारा जिल्लामा ३४ उपभोक्ता समुह जिल्ला महासंघमा अवद्ध रहेको अध्यक्ष बजगाईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय